प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा भाग लिन शुक्रबार कतार जाँदै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण कतार हुने भएको छ ।
उहाँ अतिकम विकसित मुलुकहरू (एलडीसी) को पाँचौं सम्मेलन भाग लिन फागुन १९ गते (शुक्रबार) कतार जान लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि द्धिपक्षीय भेटवार्ता हुने तय भएको छ ।

भ्रमणमा क्रममा प्रचण्ड नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँको साथमा परराष्ट्रमन्त्री बिमला राई पौड्यालपनि कतार जाँदै हुनुहुन्छ ।
प्रवक्ता लम्सालका अनुसार ४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कनुहुनेछ । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला