एमाले केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईं निष्कासित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, १३ फागुन । नेकपा एमालेले मेडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एमालेको आज शनिबार बसेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाह सहितका राजपरिवारलाई निमन्त्रणा गरेर झापामा छुट्टै अभिायन सुरुवात गर्नुभएको थियो । उहाँले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आउनुभएको छ ।

त्यसपछि पार्टीले कारबाही गर्ने तयारी गरेपछि प्रसाईँले एमाले छाडेको घोषणा गर्नुभएको थियो ।
प्रसाईँले पार्टी गतिविधिबाहिर रहेर काम गरेकाले यस्तो निर्णय गरिएको एमालेले जनाएको छ ।
कुनै समय माओवादीनिकट रहेका प्रसाईं पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा प्रतिनिधि बन्नुभएको थियो । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उहाँले एमाले प्रवेश गरेको घोषणा गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला