राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप सुरू

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ ।

पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।
मंगलबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख आचार्यले खेलकुद मानव जीवनका लागि निकै आवश्यक भएको बताउदैं प्रतियोगितामार्फत छनोट हुनेले जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म आफ्नो स्थान सुरक्षित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल सञ्चालन हुने छन् ।
भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु छात्र–छात्रा विधामा प्रतिस्पर्धा हुने खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिनुभयो ।

छात्र–छात्राको हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्डअन्तर्गतका खेल पनि हुने छन् ।
दौड १५ सय मिटरमा सैनिक आवसीय महाविद्यालयका प्रवेश आचार्य प्रथम, छोरेपाटन माविका तेन्जिङ रोका द्वितीय र श्रीकृष्ण माविका विवश क्षेत्री तृतीय भए ।

महिला ८ सय मिटरमा टप्स बोर्डिङकी सबिना खातुन प्रथम, छोरेपाटन माविकी आरती सुवेदी द्वितीय सैनिक आवसीय महाविद्यालयकी श्रेया वाग्ले तृतीय भएका छन् ।

हाइजम्प पुरूषमा कास्की मोडर्ननाइज्डका मनिष केसी प्रथम, लिटिल फ्लावर कुश पोखरेल द्वितीय र त्रिवेणी पब्लिकका प्रशान्त गिरी तृतीय भए ।

महिला हाइजम्पतर्फ टप्स माविकी सबिना खातुन प्रथम, अन्नपूर्ण माविकी विष्णु खनाल द्वितीय, विन्ध्यावासिनी माविकी प्रिती खनाल तृतीय भएको आयोजकले जनाएको छ ।


प्रतियोगिताको उद्घाटन समारोहमा देखाइएको मार्च पासमा सैनिक आवसीय महाविद्यालय प्रथम भएको छ । हार्बड एकेडेमी द्वितीय र ढुंगेसाँघु बोर्डिङ तृतीय भए ।

मार्च पासमा पोखराका २९ वटा विद्यालय सहभागी थिए । यो प्रतियोगितामा पोखराका करिब ३० वटा विद्यालयका १ हजार ६ सय जनाभन्दा बढी खेलाडी सहभागी छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला