कानुन मन्त्री गाहामगर पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरूसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले मङ्गलवार अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा कानूनमन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको बताउनुभयो ।

मन्त्री गाहामगरले मिडिया विधेयक पारित गर्ने सन्दर्भमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राख्दै प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउँदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिए पनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने बताउनुभयो ।

यसै गरी उहाँले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउँदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको बताउनुभयो ।

उहाँले मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्ने समेत बताउनुभयो । उहाँले आगामी दिनमा समेत पत्रकारहरूसँग समन्वय र सहकार्य गर्दै सकारात्मक काममा अघि बढ्ने धारणा राख्नुभयो ।

अन्तरक्रियामा मन्त्रालयले हालसम्म गरेका गतिविधि समेत सार्वजनिक गरेको थियो । कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत खुबीराम पोखरेलले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला