नेपालद्धारा एकदिवसीय क्रिकेटको इतिहासमा ऐतिहासिक जित

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियाविरुद्ध सानदार जित निकाल्न सफल भएको छ ।
मंगलबार भएको उक्त खेलमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाएका थिए । यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण के।सी।ले २० रन बनाए । नामिबियाका लागि भने माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाउन सफल भएका थिए । १ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे ।

यस एकदिवसीय क्रिकेटको इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले सन् २०१९ मा यूएईले दिएको २ सय ४४ रनको लक्ष्य ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा भटाएको थियो । यो जितसँगै नेपाल ७ देश सम्मिलित आईसीसी विश्व कप क्रिकेट लिग–२ मा २५ खेलमा २० अङ्कसहित छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला