राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २० गतेबाट सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २० गतेबाट सुरु हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी सुरु गरिएको परिषदले जनाएको हो ।

प्रतियोगिताको उद्घाटन २० र २१ गते पोखरा रंगशालामा गरिने तय भएको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको तयारीका लागि परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा खेल संघहरु संग आइतबार छलफल समेत सम्पन्न भएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

पालिका र जिल्लाबाट छनौट हुँदै प्रदेशस्तरिय प्रतियोगिताबाट फागुन २४ गते काठमाण्डौमा सुरु हुने राष्ट्रियस्तरको प्रतियोगिताका लागि गण्डकीबाट खेलाडी छनौट हुनेछन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत छात्ररछात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उशु र सितेरियो कराँतेका खेलहरु हुनेछन् ।
गण्डकी प्रदेशमा प्रतियोगिता फागुन २१ गते सम्म सञ्चालन हुने र २२ गते बन्द प्रशिक्षण हुने संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

बैठक बारे जानकारी दिंदै परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले पहिलो चरणमा प्रतियोगिता व्यवस्थित गर्न संघका प्रतिनिधिहरु संग छलफल गरिएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला