७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता समय फाल्गुन ३ गतेसम्म

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता समय थप गरिएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने यस पोखरा अन्तर्राष्ट्रिय म्याराथनको खेलाडी दर्ता समय थप गरेको हो ।

माघ २९ गते सम्म दर्ता मिति रहेकोमा आज बाट फागुन ३ गते सम्मका लागि थप गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

विभिन्न जिल्लाका धावकहरु पोखरा म्याराथनमा आउन चाहेकाले पनि दर्ता समय थप गरिएको अध्यक्ष पराजुली बताउनुभयो । उहाँका अनुसार यस पोखरा म्याराथन अन्तर्गत हुने ७ वटा इभेन्टहरु एकै पटक एकै समयमा हुने भएको छ ।

पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो भने सर्वाधिक पुरस्कार राशीको म्याराथन समेत हो ।
आयोजकले पुरस्कारका लागि मात्रै १७ लाख ५२ हजार खर्च गर्दैछ भने दौड पुरा गर्नेलाई फिनिशर मेडल समेत प्रदान गर्दैछ ।
पोखरा म्याराथनका लागि मञ्चले प्रचारात्मक अभियानलाई तिव्र समेत पारिरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला