लिटल फ्लावरको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगवहादुर गुरुङले कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिदै बदलिंदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले भावी योजना सहित प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयका संस्थापक कमल खड्का र देवी खड्काले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको दावी गर्दै अझै थप उचाइमा विद्यालयलाई लैजान सबैको सकारात्मक सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

विविध सास्कृतिक कार्यक्रमका साथै गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारीले मन्तव्य राख्नुभएको थियो ।

कक्षा ११ की विद्यार्थी बर्षा तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कक्षा ११ का संयोजक बिष्णुहरि पौडेलले तथा पुरस्कार वितरणका छुट्टा्छुट्टै विधाका कार्यक्रम मा वि इञ्चार्ज रामकृष्ण आचार्य, प्रा वि इञ्चार्ज हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सहसंयोजक लक्ष्मी गरुङले गरेका थिए ।


शिक्षक लक्ष्मी घिमिरे र विद्यार्थी सुदिक्षा सुनारले कविता वाचन, विद्यार्थी जस्मीन श्रेष्ठले भाषण गरेका थिए । बिद्यालय ब्यवस्थापन समितिमा रहेर योगदान गरेका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । हाल विद्यालयमा सात सय विद्यार्थीहरु अध्ययनरत छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला