१६ औं बिटी कप प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् ।

पुरानो टुडिखेल मैदानमा बुधबार भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गरेको हो । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन गुरुङले समान १–१ गोलको योगदान दिए ।

यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १÷१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए ।

तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । लेकसाइडको जितमा सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १–१ गोलको योगदान दिए ।

त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो ।

यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्यो ।

छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १–१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो ।

सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्यो । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १–१ गोलको योगदान दिए ।

आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।
खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् ।

पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला