स्वास्थ्यमन्त्री गुरुङ्गद्धारा पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेश सरकार, सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ्गले पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउनु हुने भएको छ । पोखरा बृद्धाश्रममा स्थापना गरिएको मेडिकल ल्याबोटरीको आजै उद्घाटन गर्दै मन्त्री गुरुङ्गले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री गुरुङ्गले असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार सरकारले जिम्मा लिनु पर्ने भएता पनि पोखरा बृद्धाश्रम जस्ता स्वयमसेवी संस्थाले सो कार्य गरेकोमा प्रशंसा गर्नु भएको थियो ।
मन्त्री गुरुङ्गले आश्रमलाई अत्यावश्यक पर्ने सरसफाईका सामाग्री, संचालनका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गर्न मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताउनुभएको थियो ।

हाल संघीय सरकारको अनुदान रकम उपलब्ध भए पछि आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको कुरा आश्रमका अध्यक्ष तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सचिव कुसुम केशव पराजुलीले जानकारी दिनुभएको थियो ।
गत आर्थिक बर्षमा सामाजिक बिकास मनलयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न रु.७ लाख बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक बिकास कार्यालय मार्फत संचालन भएको छ ।

आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा बृद्धाश्रममा ल्याएमा निशुल्क टेष्ट गरिने जानकारी समेत आश्रमका सचिव धर्म बहादुर तमुले दिनुभएको थियो ।


यसै गरी ज्येष्ठ नागरिक तथा गृहिणिहरुलाई लक्षित गरि संचालन गरिएको आय आर्जन कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाण पत्र समेत प्रमुख अतिथिबाट बितरण गरिएको थियो ।

सो अवसरमा आश्रमको लागि आवश्यक पर्ने १५ थरीका अचार उत्पादन र बढि भएको खाद्य पदार्थ बिक्री गर्न सकिने बताइएको थियो ।
आश्रमका सहकोषाध्यक्ष सुजन लामाले उक्त अवसरमा श्रृजनशील कार्यमा सहयोग पु¥याउनु हुने सहजकर्ता काशी गुरुङ्ग, कार्यक्रम संयोजक सीता काफ्ले, सहभागी मन्दीरा पराजुली लगायतले अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला