यू–२० महिला साफ च्याम्पियनशिपमा आज नेपाल बाङ्गलादेशसँग भिड्ने

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप आजबाट बाङ्गलादेशको ढाकामा शुरु हुने भएको छ ।
बङ्गलादेशमा आजबाट शुरु हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र आयोजक बङ्गलादेश गरी चार टोली सहभागी रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्ने भएको छ ।
यो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे ढाकास्थित बीएसएसएस मोस्ताफा कमल खेल मैदानमा हुनेछ । नेपाली टोली प्रीति राईको कप्तानीमा मैदानमा उत्रदैछ ।

त्यस्तै नेपालले दोस्रो खेल आइतबार भुटानसँग र तेस्रो खेल मंगलबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आजदेखि शुरु हुने यस प्रतियोगिता भने २६ गतेसम्म चल्नेछ । यसअघि १८ र १९ वर्षमुनिका फम्र्याटमा हुँदै आएको यस च्याम्पियनशिप यस पटक भने २० वर्षमुनिको फम्र्याटमा हुन लागेको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला