प्रथम खुल्ला प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता पोखरामा हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा प्रथश खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ ।

“सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका संयोजक शेर बहादुर क्षेत्रीले आगामी फागुन ५ गते र ९ गते गी दुई चरणमा गरी प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिनुभएको छ ।

संयोजक केसीले प्रतियोगितामा प्रत्येक विद्यालयबाट कुनै पनि कक्षाका १० जना विद्यार्थीहरु सहभागिता हुन पाउने जानकारी दिंदै नेपाली र अग्रेंजी दुबै भाषामा लेखन प्रतियोगिता हुने बताउनुभयो । “विद्यार्थीहरुमा लेखन सीपको विकास र उनीहरुले पढ्दै आएको विषयमा दक्षता होस भन्ने अभिप्राय हाम्रो प्रतियोगिताको मुल उद्धेश्य हो,” उहाँले भन्नुभयो । प्रतियोगितामा प्रत्येक कक्षाबाट उत्कृष्ट १० जनालाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा निजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने उहाँले जानकारी दिनुभयो ।

आर्थिक संयोजक दिपक सारु मगरले गण्डकी प्रदेशमा यस्तो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको बताउँदै उत्कृष्ट हुने विद्यार्थीहरुको स्मारिका प्रकाशन गर्ने संगै उनीहरुलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता गराइने बताउनुभयो ।
उक्त प्रतियोगिताको सहयोगी संस्थाको रुपमा ओ.एल.ए, प्रगती मावि, भाष्कर मेमोरियल मावि र ग्लोबल कलेजियट मावि रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला