काठमाडौं, १८ माघ ।
हुलास कम्पनीले हुलास १०० लखपति योजना सार्वजनिक गरेको छ ।
माघ १५ शुरु भएको यस योजना चैत १५ गतेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा ग्राहकहरु यास योजनाको ‘लक्की ड्र’मा सहभागी हुन सक्नेछन् ।
ग्राहकले लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचेर एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा वाट्सएप वा भाइबरमा पठाउनु पर्ने छ । कम्पनीको अनुसार एउटा भ्याट बिल र कुपन एक पटक मात्रै लक्की–ड्रमा सहभागी हुन पाउने छन् ।
एउटा भ्याट विल र कुपन एक पटक मात्रै सहभागी गर्न पाइने छ अन्यथा रद्ध गरिनेछ ।
ग्राहकले ३ बण्डलभन्दा बढी जस्तापाता खरिद गरेको खण्डमा कम्पनीले हरेक ३ बण्डलमा थप १ कुपन लक्की ड्र मा सामेल गरीदिने जनाएको छ । योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिक फेसबुक पेजबाट लक्की ड्र मार्फत २ जनालाई प्रति व्यक्ति १ लाख नगद उपहार घोषणा गरिने कम्पनीले जानकारी दिएको छ ।
पुरस्कार प्राप्त गरेका कुपनहरु बाहेक, यस योजना अन्र्तगत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड्र मासमावेस गरिनेछ ।















