गण्डकी प्रदेशका मन्त्री गुरुङ्गद्धारा पोखरामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न पहल गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चमान गुरुङले पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताउनुभएको छ । यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको समेत जिम्मेवारी सम्हालेका मन्त्री गुरुङको सम्मानमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले देश विकासका लागि खेलकुदको महत्व अहम हुने भएको बताउँदै यस संगै पूर्वाद्धारहरुको विकास समेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

आफूलाई स्वागत र सम्मान गरेकोमा आभार प्रकट गर्दै मन्त्री गुरुङले भौतिक संरचना नहुँदा प्रदेशको खेलकुद विकासको गति अघि बढ्न नसकेको तर्फ इंगित गर्दै भन्नुभयो–“हामी अव छिट्टै नै पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने विषयमा मुख्यमन्त्री ज्यू संग छलफल भएको र उहाँ पनि यस विषयमा सकरात्मक हुनुहुन्छ ।” उहाँले गण्डकी प्रदेशमा आइस हक्कीको लागि समेत अन्तर्राष्ट्रिय आइस हक्की महासंघले जग्गा उपलव्ध गराउन आग्रह गरेको बताउँदै यस्ता पूर्वाद्धारहरु निर्माण हुन सके खेलकुदले गति लिने बताउनुभएको छ ।

खेलाडीका लागि आफ्नो मन्त्रालयको ढोका संधै खुला रहने बताउँदै मन्त्री गुरुङले आवश्यक सल्लाह सुझावका लागि समेत आग्रह गर्दै सहयोगको प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

मन्त्री गुरुङलाई पोखरा रंगशालामा विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीहरुले स्वागत गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला