पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा

नगेन न्यूज
  • ख-
  • ख+

फाइनल बुधबार, महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने
पोखरा, १७ माघ ।
पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो ।

महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । मंगलबार भएको खेलमा वडा नम्बर १५ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर २३ फाइनल पुगेको हो । महिलातर्फ तीन टिममात्रै सहभागी भएकाले वडा नम्बर १८ सिधै फाइनल पुगेको थियो ।
महिलातर्फको फाइनल बुधबार बिहान साढे ८ बजे र पुरुषतर्फको फाइनल दिउँसो १ बजे रंगशालामै हुने आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।
महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले विधागत पुरस्कारबापत जनही नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्ने समिति अध्यक्ष दीपक गोदारले बताउनुभयो ।
पोखरा महानगरपालिका भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला