पोखराका मुख्य शहरी सडक खण्डमा माघ २३ गतेदेखि पार्किङ गर्न नपाइने (सूचना सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका अन्तर्गतका मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरले सोमबार सूचना जारी गर्दै माघ २३ गते देखि लागुहुने गरी सडक छेउमा पार्किङ गर्न नपाइने जनाएको हो ।

पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, विपिचोक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार खण्डका सडकमा पार्किङ नगर्न आग्रह गरेको छ ।
महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर परेको र शहरी सौन्र्दयीकरणमा समेत असर पर्न गएकाले पार्किङ निषेध गर्ने निर्णय गरेको महानगरद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

उल्लेखित स्थानहरुको सडक क्षेत्रमा महानगरले पूर्ण रुपमा पार्किङ निषेध गरेको हुनाले तोकिएको क्षेत्रहरुमा मात्र पार्किङ गर्न सम्पूर्ण सरोकारवाला निकायमाहरु पोखरा महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरले सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएमा नियमानुसार कारवाहि हुने पनि जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला