रास्वपाको रवि लामिछाने नै पार्टी सभापति, गृह मन्त्रालयमा दाबी कायमै

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं ।
सर्वोच्च अदालतको आदेशपछि सांसद पदसँगै पार्टी सभापति पद समेत गुमाउनुभएका रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी सभापति हुनुभएको छ ।

हिजो नै नेपाली नागरिकताको प्रमाण–पत्र लिएका उहाँ हिजै रास्पाको सभापतिमा मनोनित समेत हुनुभएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको भन्दै शुक्रबार उहाँको सांसद पद खारेज हुने फैसला सर्वोच्चले गरेको थियो । सर्वोच्चको उक्त फैसलासँगै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद समेत गुमाउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंबाट नागरिकता लिएसँगै उहाँलाई पून : पार्टी सभापति घोषणा गरिएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गर्नुभएको थियो । साँझ बालुवाटार पुगेर लामिछानले प्रधानमन्त्री प्रचण्डलाई भेटेको स्रोतले जनाएको छ ।

त्यस्तै रास्पाले गृह मन्त्रालयमा आफहरुको दाबी कायम रहेको बताइरहेको छ । रास्वपाका महामन्त्री मुकुल ढकालले समेत गृह मन्त्रालयका विषयमा आफुहरुको पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दाबी गर्नुभएको छ । उहाँले पार्टी सभापति लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने भन्ने बारेमा टुंगो लगाउने बताउनुभयो ।
सोही अनुरुप लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको हुन सक्ने अनुमान रहेको स्रोतले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला