पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ को वडाध्यक्षमा नेपाली काँग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बैनबहादुर गुरुङलाई १ सय ५२ मतान्तरले हराउँदै जित निकाले ।

३ हजार ७ सय ४ मतमा लामिछानेले १ हजार ६ सय ५८ मत ल्याए भने गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे ।
त्यस्तै महिला सदस्यमा पनि काँग्रेसकै डाल्डादेवी भुजेल विजयी बनेकी छन् । भुजेलले १ हजार ६ सय ५६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी राधिका पौडेलले १ हजार ४ सय ८० मत ल्याइन् ।

दलित महिला सदस्यमा पनि काँग्रेसकै इन्द्रकला कामी निर्वाचित भएकी छन् । कामीले १ हजार ५ सय ६२ मत ल्याइन् । प्रतिद्वन्द्वी एमालेकी सरु विश्वकर्माले १ हजार ५ सय १४ मत ल्याइन् ।

खुल्ला सदस्यमा नेपाली काँग्रेसका कमल थापा र नेकपा एमालेका बिरेन्द्र भण्डारीले जितेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २८ मानबहादुर जिसी र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन वहादुर अधिकारी क्षेत्रीको वडा हो । अघिल्लो पटक एमालेले जितेको वडा हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला