रास्वपाको कार्यवाहक सभापतिमा अर्याल चयन, पार्टीले तय गरेका सबै कार्यक्रम समेत स्थगित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ, माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको कार्यवाहक सभापति तथा संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ ।
सर्वोच्च अदालतको फैसला अनुसार पार्टी सभापति तथा संसदीय दलको नेता रवि लामिछानेको पद गुमेपछि अर्याललाई दुइटै जिम्मेवारीमा चयन गरिएको हो ।
रास्वपाको केन्द्रीय समिति बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टी उपसभापति र मन्त्रीसमेत अर्याललाई कार्यवाहक सभापति चयन गरिएको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले शनिबारदेखि तय गरेका सबै कार्यक्रम समेत स्थगित भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पार्टीको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी संसदीय दलको नेताको पद रिक्त भएकाले पार्टीको संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई चयन गरेको छ।’’

त्यसैगरी सो पार्टीले विज्ञप्तिमार्फत सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने र सर्वोच्चको आदेशअनुसार नै पार्टीका कामकारबाही अगाडि बढाउने जनाएको छ ।

पार्टी सभापति र पूर्व उप–प्रधानमन्त्री एंव गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको भन्दै शुक्रबार उहाँको सांसद पद खारेज हुने फैसला गरेको थियो ।
सर्वोच्चको उक्त फैसलासँगै उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद समेत गुमेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला