टाइगर कप भलिबल महिलातर्फको उपाधि एपीएफले जित्न सफल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, माघ १४। तेस्रो संस्करणको टाइगर कप भलिबल महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।
एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक टाइगर कपको उपाधि जित्न सफल भएको हो ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
दुवै टोलीको २०÷२० अङ्कको अवस्थामा लगातार ५ अङ्क जोड्दै पहिलो सेट एपिएफले आफ्नो पक्षमा पारेको थियो ।

यस्तै दोस्रो सेट भने एपिएफले २२–२५ ले गुमाएको थियो । तेस्रो सेटको दौरान एपिएफले पून उत्कृष्ट पूनरागमन गर्दै २्५–८ को सहज सेट जित्दा चौथौं सेट भने २५–२२ ले जित्दै यस वर्षको च्याम्पियन बनेको हो ।

त्यस्तै महिलातर्फ नै तेस्रो स्थानका लागि भएको न्यू डायमण्ड र गण्डकी प्रदेशबीचको खेल भने न्यू डायमण्डले जित्न सफल भएको छ ।
न्यू डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ ।

महिलातर्फ च्याम्पियन भएको एपिएफले नगद रु ५ लाख, दोस्रो स्थान हासिल गरेको आर्मीले २ लाख ५० हजार, तेस्रो भएको होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकीले ६५ हजार पुरस्कारसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला