टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लव उपाधिका लागि भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा भइरहेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

शुक्रबार सम्पन्न सेमीफाइनलमा भारतिय खेलाडी सम्मिलित गण्डकीले विभागिय टोली नेपाल आर्मीको चुनौतीलाई पन्छ्याउँदै फाइनलमा पुगेको छ ।
गण्डकीले पहिलो सेटबाट दवावमा राखेको आर्मीलाई ३–० को सहज जित निकाल्दै फाइनलमा पुगेको हो । पहिलो सेट २५–२३ ले जितेको गण्डकीले दोश्रो सेट समान २५–२३ र तेश्रो सेट २५–१६ ले जितेको हो ।
उक्त प्रतियोगितामा गण्डकीका विवस आले म्यान अफ दि म्याच हुँदै ५ हजार नगद प्राप्त गर्दा घनश्याम चौधरीले नगद ३ हजार बरावरको गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो ।

यता प्रतियोगितामा नै अविजित रहेको एपिएफले नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।
एपिएफले पहिलो सेट २५–१० दोश्रो २५–२१ र तेश्रो २५–१८ ले जित्दै घरेलु टोली गण्डकी संग उपाधिका लागि भिड्ने भएको छ ।
उक्त खेलमा एपिएफका टेकराज अवस्थी म्यान अफ दि म्याच घोषित हुनुभयो भने विजय थापा वेष्ट स्पाइकर हुन सफल हुनुभयो ।

यस्तै महिलातर्फको तेश्रो स्थानका लागि भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेश होङवान्जी न्यू डायमण्ड संग ३–० को सोझो सेटमा पराजित हुन पुगेको छ ।
न्यू डायमण्डले २५–१९, २५–१६ र २५–१६ ले खेल जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको छ ।

सिने अभेनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष उपस्थितीमा हुने पुरुषतर्फ फाइनल खेल दिउसो २ बजे सुरु हुने टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिनुभयो ।
त्यस्तै महिलातर्फ ११ बजे हुने फाइनलमा एपिएफ र नेपाल आर्मीका विच हुने छ भने तेश्रो स्थानको पुरुषतर्फको खेल विहान ९ बजे हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला