टाइगरकप भलिबल : महिलातर्फ साविक बिजेता एपिएफ र आर्मी उपाधिका लागि भिड्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को फाइनलमा उपाधिका लागि साविक बिजेता एपिएफ र आर्मी भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा च्याम्पियनसिपको फाइनलमा दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । जारी प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ लगातार फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेट १३–२५ को हार व्यहोरेको गण्डकी दोस्रो सेटमा १७–२५ र तेश्रो सेट २५–२१ ल्े जित्दै उपाधि नजिक पुगेको हो । यस अघि लिग चरणमा समेत एपिएफले गण्डकी माथि ३–० को सहज जित निकालेको थियो ।
जारी प्रतियोगितामा गण्डकीले कुनैपनि खेल जित्न सकेन । राउन्डरोविन लिगमा तिन र सेमिफाइनल गरी कुल चार खेल खेलेको गण्डकीको प्रदर्शन कमजोर रह्यो ।

यता अत्यन्तै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनल खेलमा आर्मीले न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको छ । निकै रोमाञ्चक बनेको पहिलो सेटमा आर्मीले अग्रता कायम गरेपनि डायमण्डले लय समात्दै २५–२३ को जित हासिल ग¥यो ।
पहिलो सेटमा हार व्यहोरेको आर्मीले दोस्रो सेट २५–१३ को सहज स्थितिले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट २५–२२ ले आर्मीको पक्षमा रह्यो । चौथो सेटमा आर्मीले २५–१२ को जित निकाल्दै एपिएफ संगको भेट पक्का ग¥यो ।

यता पुरुष तर्फ गण्डकी प्रदेशले सेमिफाइनलमा त्रिभुवन आर्मीको सामाना गर्ने भएको छ । राउन्ड रोविन लिग चरणको अन्तिम खेलमा गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।
पहिलो सेट २६–२४ ले जितेको गण्डकीले दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्यो । तेस्रो सेट भने निकै रोमाञ्चक रह्यो । सुरुवात देखी नै अग्रता गुमाएको गण्डकीले २०–२२ को स्थितिलाई उल्टाएर २५–२३ को जित निकाल्यो ।

जितसंगै चार खेलबाट ८ अंकसहित गण्डकी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । जित विहिन पाहुना टोली सेन्ट जोसेफ लिगचरणबाटै बाहिरिएको छ । चार खेल खेलबाट एक अंक रहेको पाहुना टोली तालिकाको पुछारमा रहँदै बाहिरिएको हो । पाहुना टोली बाहिरिदा नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान सुरक्षित बनाएको छ ।
बिहिबार नै सम्पन्न लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा गण्डकीसंगको भेट पक्का गरेको हो । आर्मीले २५–१७, २५–१९ र २५–२३ ले हराउँदै तालिकाको तेस्रो स्थानमा रह्यो ।
आर्मीको कुल चार खेलबाट ७ अंक रहेको छ । पुलिसको भने चार खेलबाट २ अंक रह्यो । पुलिसले अब फाइनल प्रवेशका लागि निकै लयमा रहेको एपिएफको सामना गर्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला