काँग्रेस र एमाले मिल्दा मात्र बालेनले हार्ने देखियो : दिपकराज गिरी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं महानगरपालिकाको मतगणना यतिबेला जारी छ। काठमाडौंको मात्र नभएर नेपालभर स्थानीय निर्वाचनको मतगणना भइरहेको हो।

जसमध्ये देशकै राजधानी काठमाडौंमा कुन दल अगाडि छन् कसले जित्यो भनेर चासो हुनु स्वभाविक हो।

काठमाडौं महानगरपालिकाको अहिलेसम्मको नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह बलिया पार्टीविरुद्ध भारी परेका छन्।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्।

यसबीचमा कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाको अहिलेसम्मको मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आँकलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन्।

उनले फेसबुकमा लेखेका छन् ,‘प्रारम्भिक मतपरिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र काँग्रेस मिलेर चुनाव लडेको भए बालेन साहलाई हराउन सक्ने रहेछन्।’

यद्यपी मतगणना प्रारम्भिक चरणमा मात्र चलिरहेको छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला