टाइगर कप भलिबल : महिलातर्फ सेमीफाइनलको समिकरण पुरा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा सेमीफाइनलको समिकरण पुरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा खेलको चौथो दिन बुधबार महिलातर्फ सेमीफाइनलको समिकरण पुरा भएको हो ।
सेमीफाइनलमा लिग चरणका सबै खेल जितेर ९ अंक बटुल्दै शिर्ष स्थानमा रहेको शसस्त्र प्रहरीबलको एपिएफ क्लव संग लिग तालिकाको पुछारमा रहेको घरेलु टोल गण्डकी प्रदेश संग भेट पक्का गरेको छ । गण्डकीले लिग चरणमा कुनै खेल जित्न सकेन ।

त्यस्तै तिन अंक बटुल्दै अंक तालिकामा तेश्रो स्थानमा रहेको होङवान्जी न्यू डायमण्डले अंक तालिकामा दोश्रो स्थान प्राप्तगरी ६ अंक बटुलेको त्रिभुवन आर्मी संग भेट पक्का गरेको छ ।
न्यू डायमण्डले बुधबार भएको गण्डकी विरुद्धको खेल जित्दै तिन अंक प्राप्त गरेको हो ।

चौथो दिनको जारी प्रतियोगितामा महिलातर्फ विभागिय टोली शसस्त्र प्रहरीले आफ्नो अविजित यात्रालाई कायम गर्दै अर्को विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लवलाई ३–१ को सेटमा पराजित गरेको छ भने घरेलु टोली गण्डकी न्यू डायमण्ड संग ३–१ को सेटमा पराजित हुन पुग्यो ।
राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा तिन भारतिय खेलाडी सहित टाइगर कपमा सहभागि गण्डकीले जारी प्रतियोगितामा कुनै चमत्कारिक प्रदर्शन गर्न सकेन ।

बुधबार भएको पहिलो खेलमा न्यू डायमण्डले घरेलु टोली विरुद्ध खेल्दै पहिलो सेट २५–१९ ले गुमाउन पुग्यो । तर पछिल्ला तिन सेटमा खेलमा फर्किदै २५–१५, २५–१४ र २५–११ ले खेल जित्दै महत्वपूर्ण तिन अंक प्राप्त ग¥यो ।
उक्त खेलमा न्यू डायमण्डकी सलिना बुढा प्लेयर अफ दि म्याच हुँदै नगद ५ हजार प्राप्त गर्दा न्यू डायमण्डकै बाल्मिका आचार्य वेष्ट स्पाइकर हुँदै नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो ।

त्यस्तै महिलातर्फ खेलमा अविजित शसस्त्र प्रहरीले नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ ।
खेलमा पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोश्रो सेट २५–२२ ले नेपाल आर्मीलाई सुम्पियो । तेश्रो सेट २५–१६ तथा चौथो सेट २५–१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

उक्त खेलमा एपिएफकी निरुता ठगुन्नाले प्लेयर अफ दि म्याच हुँदै नगद ५ हजार र सरस्वती चौधरी वेष्ट स्पाइकर हुँदै नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल रहे ।

महिलातर्फको सेमीफाइनल खेल बिहबार हुने आयोजकले जनाएको छ । खेल बिहान ९ बजे सुरु हनेछ ।

यता पुरुषतर्फको खेलमा आयोजक गण्डकी प्रदेशले विभागिय टोली नेपाल आर्मीको त्रिभुबन आर्मी क्लवलाई रोमाञ्चक पूर्ण खेलमा ३–२ को सेटमा पराजित गरेको छ ।
पहिलो सेट २५–२३ र दोश्रो सेट २५–२३ ले जित्दै आर्मीले गण्डकीलाई दबाबमा राखे पनि पछिल्ला तिन सेट गण्डकी कम ब्याक गर्दै आर्मी माथी जित हासिल ग¥यो । तेश्रो सेट २५–२३, चौथो सेट २५–२२ र पाँचौ सेट १५–१३ ले गण्डकी खेल जितेको हो ।

खेलमा गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच र रबी केसी वेष्ट स्पाइकर घोषित हुनुभयो । घनश्यामले नगद ५ हजार र रबीले नगद ३ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो ।

यता विभागिय टोली एपिएफले आफ्नो अविजित यात्रा जारी राख्दै विदेशी टोली श्रीलंकाको सेन्ट जोशेफ भाज स्पोर्टस क्लवलाई ३–० को सोझो सेटमा पाखा लगाएको छ ।
निकै रोमाञ्चपूर्ण खेलमा तिन सेट नै एपिएफले २५–२३, २५–२३ र २५–२३ ले पराजित गरेको हो । खेलमा भाज स्पोर्टसका काविस्का र वेष्ट स्पाइकर एपिएफका विजय थापा घोषित हुनुभयो ।

जारी प्रतियोगितामा एपिएफ ४ खेलमा ४ खेल जित्दै १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने गण्डकी ३ खेलमा २ खेलमा जित र एक खेलमा हार व्यर्होदै ६ अंकका साथ दोश्रो, नेपाल आर्मी ३ खेलमा एक जित र २ हार सहित ४ अंक, नेपाल पुलिस तिन खेलमा १ जित र दुई खेलमा हारका साथ २ अंक तथा सेन्ट जोशेफ आफूले खेलेका तिन खेलमा नै हार व्यहोरेको छ ।

यता पुरुषतर्फको भने बिहिबार समेत लिग चरणका खेल जारी रहने छन् ।
आयोजक गण्डकीले विदेशी पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ भाज स्पोर्टस क्लवको सामना गर्नेछ भने दोश्रो खेल विभागिय टोलीहरु नेपाल आर्मी र नेपाल पुलिसका विच हुनेछ ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ भाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला