अष्ट्रेलियामा ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड ऋचा शर्मालाई ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नुभएको छ ।
उहाँ अभिनीत सर्ट फिल्म ‘ब्लड मनी’बाट यो अवाड जित्नुभएको हो । सड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै शर्माले आयोजकलाई धन्यवाद दिनुभयो ।
ऋचा यही बुधबार नेपाल फर्किँदै हुनुहुन्छ उहाँ एक हप्तादेखि अष्ट्रेलियामा हुनुहुन्थ्यो ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रुपमा हेरिएको र विभिन्न देशका मेकरले नेपालमा छायांकन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल्सिनाले जानकारी दिनुभयो ।

अशोकले पारिवारिक अवस्थाले विदेशिएका युवाले परिवारको खुसीका लागि आफ्नो ज्यान साटेको कथावस्तुमा फिल्म निर्माण भएको बताउनुभयो ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमानको श्रीमतीको भूमिका उनले निर्वाह गरेकी थिइन्। अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ ।

यो फिल्मले सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड समेत जितेको छ भने विश्वका कयैन् फेस्टिभलमा छनोट भएको छ ।
फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गर्नुभएको छ ।

२८ मिनेट अवधिको फिल्ममा ऋचाका अलावा मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । आठ महिना अघि यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भैसकेको छ ।

नेपालमा सनिस श्रेष्ठ र विदेशमा सुवास गिरीले खिचेको ‘ब्लड मनी’को निर्माता पारस तिमल्सिना हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला