टाइगर कप भलिबल अन्तर्गत आर्मी र एपिएफ बिजयी, महिला तर्फ एपिएफ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’मा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लवले पुरुषतर्फ खेल जितेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा विभागिय टोलीहरुको वर्चश्व रहेको हो ।
नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंकालाई ३–० को सोझो सेटमा जित निकाल्दा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पाखा लगाएको हो ।

जारी प्रतियोगितामा नेपाल आर्मीले सेन्ट जोसेफ वाज स्पोर्टस क्लव श्रीलंका विरुद्ध पहिलो सेट २५–२० दोश्रो सेट २५–१६ र तेश्रो सेट २५–१० ले जित्यो ।
जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित समेत हो । उसले ३ अंक प्राप्त गरेको छ ।
उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र वेष्ट स्पाइकर धन बहादुर भट्ट घोषित हुँदै नगद तथा गिफ्ट भौचर प्राप्त गर्नुभयो ।

त्यसै गरी पुरुषतर्फ नै आज भएको अर्को एक खेलमा एपिएफले पुलिस विरुद्ध जित निकाल्दै ३ अंक प्राप्त गरेको छ ।
जारी लिगमा एपिएफको यो दोश्रो जित हो । एपिएफले दुई खेल लगातार जित्दै ६ अंक बटुलेको छ ।
पुलिस विरुद्धको खेलमा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपिएफ दोश्रो सेटमा भने २५–२१ ले पुलिसलाई सुम्पिन पुग्यो ।
तेश्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जित्दै एपिएफले खेल आफ्नो पक्षमा पार्यो । उक्त खेलमा वेष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी र म्यान अफ दि म्याच एपिएफकै विजय थापा घोषित हुनुभयो ।

यसै गरी जारी प्रतियोगितामा महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पहिलो सेट २५–११ ले जितेको एपिएफले दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१६ ले जित्दै विजयी सुरुवात गरेको छ ।
उक्त खेलमा म्यान अफ द वोमन एपिएफकी सरस्वती चौधरी हुनुभयो ।
प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार महिलातर्फ दुई र पुरुषतर्फ २ गरी चार खेल हुने आयोजकले जानकारी दिएको छ । भोली मंगलबार बिहान ९ बजेबाट सुरु हुने पहिलो खेल महिलातर्फ एपिएफ र होङवान्जी न्यू डायमण्ड र दोश्रो खेल ११ बजे त्रिभुवन आर्मी क्लव र घरेलु टोली गण्डकी प्रदेशका विच हुनेछ ।
त्यसै गरी पुरुषतर्फको पहिलो खेल दिउसो १ बजे श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टस क्लबले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल आयोजक गण्डकी प्रदेश र एपिएफका विच हुनेछ ।

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला