पोखराका सहकारी कर्मचारीहरुका लागि सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी अनुशिक्षण कायक्रम सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, माघ ५ ।
पोखरा महानगरपालिका सहकारी शाखाको आयोजनामा पोखरामा रहेका सहकारीमा कार्यरत कर्मचारीहरुका लागि २ दिने सहकारी क्षमता तथा कोपोमिस सम्वन्धी अनुशिक्षण कायक्रम पोखरामा आज बिहिबारबाट सुरु भएको छ ।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले प्रत्येक सहकारीले कोपोमिस ( copomis ) प्रणाली प्रयोग गर्नुपर्ने आवश्यक रहेको बताउदै नितिनियम, ऐनकानुन पालना गर्नुपर्ने र यस तालिम पश्चात आफुले जानेको सिकेको पालना गर्नुपर्न र अरुलाई पनि सिकाउन अनुरोध गर्नुभयो ।

पोखरा महानगरपालिका सहकारी समितिका सदस्य नारायण आचार्यले सहभागीहरुलाई स्वागत गर्दै कारबाहिबाट जागिन आँफु सजग हुनुपर्ने र प्रत्येक डाटाहरु प्रविष्ट गर्नुपर्ने बताउनुभयो ।

अनुशिक्षण कायक्रमका प्रशिक्षकहरु पोखरा महानगरपालिकाका सहकारी शाखा प्रमुख भरतराज पौडेल, रिषीराम सापकोटा, रविरमण तिवारी, पोखरा महानगरपालिका सहकारी समितिका सदस्य दिपक प्रकाश आचार्य रहेका थिए ।
कार्यक्रममा सहकारीको आधारभूत मुल्य मान्यता तथा सहकारीको सिद्धान्तहरु, सम्पत्ति शुद्धिहरण तथा सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका , सहकारी लगत व्यवस्थापन, अभिलेख व्यवस्थापन सहकारी सस्थालाई पासवर्ड लगईन वितरण सूचना हेर्ने साथै नेपाली टाईप गर्ने र सोको अभ्यास पनि गराइएको जानकारी रिषीराम सापकोटाले दिनुभयो ।


बिहिबार र शुक्रबार हुने तालिममा भोली आवश्यक पुर्वाधार, समष्टिगत विवरण र सोको अभ्यास, सहकारीको सदस्यता विवरण प्रविष्टि र विवरण प्रविष्टि तयारी, जेपीजी फाईल, पिडिफ फाईल बनाउने र अपलोड कार्यहरुको जानकारी तथा सोको अभ्यास, मासिक विवरण, बार्षिक विवरण सुचना पोष्ट गर्ने प्रयोगात्मक अभ्यास, सहकारी संस्थाहरुको समितिको नामावली तथा साधारण सभाको जानकारी र विविध कार्यक्रम रहेको जानकारी रिषीराम सापकोटाले दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला