पोखरा ७ घारीपाटनमा निशुल्क स्वास्थ्य शिविर , ३६५ जनाले गराए स्वास्थ्य परिक्षण ः

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा ७ घारीपाटनमा रहेको माउण्ट हेभन इङ्लिस स्कुलको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं.७ को सहकार्यमा सम्पन्न उक्त शिविरमा रिर्मोट हेल्थ सर्भिस सेन्टर र भर्टिकल एसेन्ट काठमाडौका चिकित्सक एवम् शवस्थ्यकर्मीको टोलीले प्रविधिक सहयोग गरेको थियो ।

चिकित्सक तथा प्रविधिक टोलीमा डा.अमृत पोख्रेल, डा.श्रमशिखा भण्डारी, प्रतिभा अर्याल भट्टराई, धर्म राज खड्का, मुकुन्द गुरुङ, सुनिता क्षेत्री, राजन गोतामे, सुशिल देवा श्रेष्ठ सहित टुरा युनिभर्सिटीबाट फ्रान्सका १ जना र अमेरिकाका ९ जनाको मेडिकल टिम रहेका थिए ।
शिविरमा महिला तथा पुरुषको जनरल चेकअपका साथै इसिजी , मुटु सम्बन्धी समस्या, वल्ड प्रेसर , सुगर लगाएतकौ परिक्षण गरिनुका साथै निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

उपचारका क्रममा जटिल समस्या देखिएकालाई गण्डकी मेडिकल कलेज रेफर गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्यले आफ्नो वडाको पनि पिछडिएको क्षेत्र घारीपाटनमा शिविर संचालन गरेकोमा खुसी व्यक्त गर्दै सामाजिक जनचेतना फैल्याउने तथा जनताको स्वस्थ्यको बारेमा चासो राख्ने खालका सबै कार्यक्रममा वडाको साथ र सहयोग रहने बताउनुभयो ।


सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्ना अभिभावकको लागि मात्र नभएर समग्र वडा नंं. ७ को घारीपाटनका साथै वडा नं. ९ , १०,१५ र १७ का वडावासीहरुलाई पनि शिविरको लाभ मिलोस भनेर निशुल्क स्वस्थ्य शिविर आयोजना गरेको माउण्ट हेभनका प्राचार्य यम नाथ अधिकारीले बताउनुभयो ।
शिविरमा ३६५ जनाले स्वास्थ्य परिक्षण गराएको पोखरा महानगर पालिका वडा नं. ७ का वडा सदस्य अर्जुन थापाले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला