महिनाको ३ सय र ५ सय रुपैयाँमा ५० र ८० एमबिपिएस स्पीडको इन्टरनेट सुविधा प्रदान गर्दै वाईफाई नेपाल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा, दमौली र लेखनाथ बासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो ।
वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने बताउदैं वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको जानकारी दिनुभयो ।

५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् ।
उहाँले ‘घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुशी लागेको छ । आशा छ काठमाडौंमा जस्तै सेवाग्राहीहरुलाई यहाँ पनि लाभ मिल्नेछ ।’, भन्नुभयो ।

पञ्जियारले आफुहरुले निम्न र मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै उक्त सेवा प्रदान गर्न लागेको जानकारी गराउदैं हाललाई नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने लक्ष्य आफुहरुको रहेता पनि आगामी समयमा गाउँगाउँमा वाईफाई नेपालको इन्टरनेट सेवालाई विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले ‘छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व अहिले धेरैनै छ । निम्न र मध्यम वर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाईफाई नेपाल लञ्च गरेका हौं । हाललाई शहर केन्द्रित भएता पनि भोलीका दिनमा ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना हाम्रो छ ।’, भन्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला