रोश्मालाई मिस तामाङ पोखराको उपाधि 

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २ माघ ।

मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् ।
बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उहाँले उपाधि जित्न सफल हुनुभयो ।
उपाधि सँगै उहाँले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गर्नुभयो । उहाँले मिस कन्फिडेन्टको उपाधि समेत जित्नुभयो ।
त्यस्तै जुना तामाङ फस्ट रनरअफका साथै ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गर्नुभयो ।

प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गर्नुभयो । भ्युअर्स च्वाइसको उपाधि रेनुका तामाङले जित्दै २० हजार प्राप्त गर्नुभयो ।
मिस टयालेन्ट विकिता तामाङ, जुना तामाङ मिस पपुलर, विपना तामाङ मिस पंचुअल, वेस्ट स्माइल लक्ष्मी तामाङ, वेस्ट हेयर जिना तामाङ, वेस्ट स्किन योगिता तामाङ, व्युटि विथ प्रपोज सुमित्रा तामाङ, मिस डिसपिलिन रेनुका तामाङ, वेस्ट वाक कृतिका तामाङ, फोटो जेनिक निशा तामाङ, ग्रेसफूल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेण्डली मनिषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जिते ।

निणार्यकमा जोन्टा क्लब अफ पोखरामा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनरअप सजना वाइवा, जेसीज पोखराका अध्यक्ष गणेश गिरी रहेका थिए ।
पोखरामा जहाज दुर्घटना भएपछि मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना भएको थियो ।
कार्यक्रमको सम्पूर्ण तयारी भइसकेपछि प्रतियोगिता स्थगित गर्न नमिल्ने भएकाले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताउनुभयो ।
कार्यक्रमको प्रायोजकमा बिजीबी क्याफे रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला