एघारौं पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा पुष ३० ।
पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन ।
दशैकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ ३द्दण्ठढऊ राखेर भिडियो अप्लोड गर्नुपर्ने छ ।
सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट समेत निर्माण गरेको छ ।
टिकटक माघ ८ गते सांझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । टिमटका सर्वाधिक भ्युज आउने टिकटकलाइै प्रथम पुरस्कार नगद ३० हजार र दोश्रोलाई २० हजार प्रदान गरिने समेत प्रचार प्रसार संयोजकले जानकारी दिनुभयो ।

पोखरा महोत्सवले टिकटकमा सामाजिक सन्देशमुलक भिडियोहरु अपलोड गराउने र टिकटकबाट मनोरन्जन संगै टिकटक चलाएर पुरस्कार समेत पाइन्छ भन्ने प्रस्ट्याउन पनि प्रतियोगिताको आयोजना गरिएको हो ।
तेश्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वढिरहेको छभने ब्यापार समेत बढेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाले वताउनुभयो । महोत्सवमा विशेष गरी जाडो यामका सामाग्रीको बिक्री वितरण र घरायसी सामाग्रीहरुको बिक्री वढेको बानियाले जानकारी दिनुभयो ।

महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहेको थियोभने ।
सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए ।
महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती रहने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला