३०१ औं पृथ्वी जयन्ती माल्यापर्णदेखि पुष्पवृष्टिसम्मका कार्यक्रम गरी पोखरामा मनाइदैं

नगेन न्यूज
  • ख-
  • ख+

पुस २६ पोखरा ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पोखरामा विभिन्न कार्यक्रमसहित मनाइने भएको छ । पोखरामा ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति कास्कीले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिईएको हो ।

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन नागरिक स्तरबाट गठन भएको समितिले २७ गते गरिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।
समितिका प्रचार प्रसार संयोजक पार्वता पौडेलले दिवसका दिन पोखरा १८ जामुनबोटस्थित पृथ्वी नारायण शाहको सालिकमा मल्यापर्ण, शोभायात्रा, तथा दिप प्रज्जवलन लगायतका कार्यक्रमहरु गरिने जानकारी दिनुभयो ।

पौडेलले पूर्वान्ह ११ बजे पोखराको चिप्लेढुंगाबाट शुरु हुने शोभायात्रा न्यूरोड हुँदै पृथ्वीचोकमा पुगी सभामा परिणत हुने र पञ्चेबाजा, भजन चुड्का, सांस्कृतिक झाँकी, पृथ्वी नारायण शाहको तस्विर र नेपालको झण्डाको सहितको हुने सोभा यात्रामा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिने जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक शंकर खरालले शोभायात्रा विश्व हिन्दु महासंघको अग्रसरता र नागरिक समाजसँगको सहकार्यमा आयोजना गर्न लागिएको कार्यक्रममा राप्रपा कास्की, विभिन्न जातिय समाज, राष्ट्रिय धर्म सभा, धार्मिक संघ संस्था, विभिन्न राजनैतिक पार्टीलगायतको विशेष सहयोग रहने जानकरी दिनुभयो ।
त्यस्तै सोही दिन पोखराको पृथ्वीचोकमा साँझ दिप प्रज्जवलन र गितामन्दिरमा कबि गोष्ठी गरिने जनाइएको छ ।

समितिले स–साना राज्यहरू जोडेर विशाल राष्ट्रकै निर्माण गर्ने र सिङ्गो भूखण्डका जनतालाई राष्ट्रिय पहिचान प्रदान गर्ने महान विभूति पृथ्वी नारायण शाहलाई राष्ट्रपिता वा राष्ट्रनिर्माताका रूपमा विशिष्ट सम्मान गर्न माग गरेको छ ।
समितिले सो कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन उपस्थितीका लागि आमसर्वसाधरणलाई आग्रह गरेको छ ।

गोरखाको राजकुमारका रुपमा १७७९ पुस २७ मा जन्मिएका पृथ्वीनारायणले बिभिन्न टुक्रे राज्यमा छरिएको नेपाललाई एकत्रित र आनुधिक नेपाल निर्माणको सुरुआत गरेका थिए । त्यसैले उहाँलाई राष्ट्र निर्माताको मान्यता पनि दिने गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला