एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस २४ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

अधिकारीले नेकपा माओवादी केन्द्र गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानको प्रस्ताव र राप्रपाका पञ्चराम तमुको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री अधिकारीले आजै साँझ सपथ लिने बताइएको छ ।

मुख्यमन्त्रीमा नियुक्त अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेताका साथै पूर्व गृह तथा स्वास्थ्यमन्त्रीसमेत रहनुका साथै उहाँ नेकपा एमालेका संगठन विभाग प्रमुख पनि हुनुहुन्छ ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहनु भएका अधिकारीले आजै सोमबार मुख्यमन्त्रीमा प्रदेश प्रमुख गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो ।

प्रदेश प्रमुख गुरुङले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको थियो । प्रदेश प्रमुखले दिएको समयसीमा आज सोमबार अपराह्न ४ बजेका थियो उहाँले सो समय सकिन करीब डेढ घण्टा बाँकी छँदा दाबी पेश गर्नु भएको थियोे ।
स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गर्नु भएको राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित बहुमतमा रहेको छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद छन् र कांग्रेस प्रतिपक्षी दल बनेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला