नगेन आर्ट एकेडेमीमा नेशनल फाईनआर्ट प्रदशनी सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नगेन आर्ट एकेडेमीको आयोजनामा नेशनल फाईनआर्ट प्रदशनीको आज घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको एकेडेमीकै हलमा सुरु भएको छ । प्रदशनी यहि जेठ १५ सम्म रहनेछ ।
प्रदशनीमा सात प्रदेशका १३ जिल्लाका ४९ जना कलाकारका ९९ कलाकृति रहेका छन् ।
पोखरा महानगर वडा नम्बर ४ का नव निर्वाचित वडाध्यक्ष देबकृष्ण पराजुलीले राजधानी बाहिर केहि गर्ने उद्वेश्यले खोलिएको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा कला विकासका कार्यहरु गर्ने साथै पोखरा महानगरका सामुदायिक विद्यालयहरुमा कला शिक्षालाई जोड दिने बताउनु भयो । उहाँले अभिभावकहरुले पनि आफ्नो बच्चाको इच्छा बुझेर शिक्षा प्रदान गर्नुपर्ने बताउदै कला विकासमा सधैं सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।


नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै प्रत्येक सरकारी स्कुलमा कला शिक्षा, प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने लगाएतका मागहरु राख्नु भयो ।
वरिष्ठ कलाकार पदम घलेले यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशाँ व्यक्त गर्दै सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गर्नुभयो ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य माधव पनेरुले पोखरा पर्यटकिय शहर भएकोले कलाको प्रवद्घन र विकास हुनु जरुरी रहेको बताउदै त्यसको लागि मिडीयाको तर्फबाट सधै सहयोग रहने बताउनु भयो ।
प्रेस सेन्टर पोखराका सयोंजक शिवराज बस्ताकोटिले आँफ्नो परिवारमा पनि कलाकारहरु भएकोले कला के हो बुझेको र कलाको विकास हुनु जरुरी रहेको बताउनु भयो ।


नगेनन्युज पब्लिकेशन प्रा. ली .का अध्यक्ष ज्योती हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताउदै बिकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुन्छ भन्छन् तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै नभएका कारण चित्रकला प्रदशनीमा नै समस्या भएको बताउदै अब नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेको कला अब कहाँ प्रदशनी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो । हमालले वडामा त के कुरा यँहा त महानगरमा पनि आर्टको, कलाको केहि छैन र चित्रकला , नाटक , गीतसंगित लगाएतका कलालाई उपेक्षा गरेर देश समाजको विकास हुन सक्दैन त्यसकारण कला सबैले बुझ्नु पर्ने बताउनु भयो ।

प्रदशनीमा बाँके, सुर्खेत, जुम्ला, दाङ, कैलाली, कास्की, कोहलपुर, स्याङ्गजा, बाग्लुङ, गोर्खा, सुनसरीस सर्लाही, काठमाण्डौ जिल्लाका सागर क्षेत्री, बिक्रम शिसिर, आर्यन ढकाल, दिपक नेपाली, रोहित थारु, उषा सुबेदि, निशान्त लम्साल, सञ्जित बिष्ट, हुदिप अँसुचन्द, धनराज थारु, याँञ्सु आचार्य, शैलेस थापा, खुश्बु बिष्ट, अशँवन कोईराला, दिपक चन्द, जे.बी आउजी, बिबेक नेपाली, दिब्या गौतम, निशान्त लम्साल, कमल खत्री, उर्मिला थापा, भैभव बिक्रम चन्द, सौगात सवित, आयुश्मा ढकाल, अनुष्का ढकाल, अलिता गुरुङ्ग, सुबान्त पौडेल, आयुस बाटाजु, पदम घले, सानिका पौडेल, लोकप्रसाद गुरुङ्ग, सुरज सुबेदि, उमङ्ग एस, परु अधिकारी, हेमकान्ती गुरुङ्ग, ज्योती गुरुङ्ग, बुद्वि गुरुङ्ग, आरोन बाबु लिगल, ज्योत्सना बिश्वकर्मा, जुलियाना सुनुवार, प्रियंका गुरुङ्ग, शिला थापा मगर, बिजय गुरुङ्ग, आशिष अधिकारी, रमेश खनाल, गोपी श्रेष्ठ, किरण मानन्धर, नज्योशा सिँह ठकुरी, ज्योनशा सिँह ठकुरी, एस.पी. नेपाल र प्राज्ञ नगेन सिँहको कलाकृतिहरुको रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला