पुल निर्माणको नाममा भू–माफियाहरुका कारण पिएन क्याम्पसले भागेचलन गर्दै आएको जग्गा विवादमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पृथ्वी नारायण क्याम्पसले विगत लामो समय अगाडीबाट भोगचलन गर्दै आएको कित्ता नं.८३३ मा रहेको झण्डै २ सय २३ रोपनी (दर्ता हुने क्रममा रहेको) जग्गामा विवाद उत्पन्न भएको छ ।

विशेषगरी क्याम्पसको क्षेत्रभित्र नै पर्ने उक्त जग्गा कुनै जानकारी र विना स्वीकृति मोटरेबल पुल निर्माण प्रक्रिया शुरु हुन थालेपछि विवाद उत्पन्न भएको हो । यस विषयलाई लिएर त्यहाँका विद्यार्थी र प्राध्यापक आन्दोलित भएका छन् ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुलसेक्टर पोखरा कास्कीले मिति २०७९ साल पौष १२ गते च।नं।१५४ को पत्रानुसार पोखराका वडा कार्यालय १ र ११ जोड्ने पुल निर्माण गर्नका लागि निर्माण स्थलसम्म निर्माण सामाग्री पु¥याउन बाटो माग गरेपछि उक्त कुरा बाहिर आएको हो ।

यस विषयलाई लिएर पृथ्वी नारायण क्याम्पस, पोखराले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सर्वसाधरण जनताका छोराछोरीहरुलाई उच्च शिक्षा प्रदान गर्दै आएको यस क्याम्पसको हित विपरित कसैलाई पनि गलत काम नगर्न आग्रह गरेको छ ।

क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाले यदी कसैले गलत नियतले र आफ्नो स्वार्थपुर्तिका निम्ति यस्तो गैरजिम्मेवार काम गर्छ वा शैक्षिक क्षेत्रभित्रका भौतिक वस्तुहरुमा गिद्धेनजर लगाउने काम गर्छ भने त्यो मान्ने नहुने र यसका विरुद्ध आफुहरु सबैजना कटिबद्ध भएर जुनसुकै चुनौतिको सामना गर्न तयार भएको बताउनुभयो ।

उहाँले सो जग्गा क्याम्पसको भोगचलनमा वि.सं.२०१८ सालदेखि नै भएको र दर्ता प्रकृया अगाडी बढेकाले उक्त जग्गा क्याम्पसकै भएको पनि बताएका छन् । उहाँले आफहरु विकास विरोधी नभएको तर क्याम्पसकै मातहतमा रहेको जग्गामा यसरी पुल बन्दै छ भन्ने कुराको जानकारी हातमा अचानक पत्र आएर मात्र थाहा हुनु भनेको पक्कै पनि यो गम्भीर र शङ्काको विषय भएको प्रतिक्रिया दिएका छन् ।

उहाँले आफुहरु पुल निर्माणको विरोधमा नभएको प्रष्ट पार्दैै क्याम्पसको नाममा नआएको जग्गा भु–माफियाहरुको हातमा पर्छ भन्ने कुरा सबैभन्दा चिन्ताको विषय भएको बताउनुभयो ।

प्रमुख कोइरालाले आफुहरुको आन्दोलन भनेको भु–माफियाहरुले क्याम्पसले भोगचलन गर्दै आएको जग्गामा अँध्यारो कोठामा बसेर अतिक्रमण र कु–दृष्टि लगाउने प्रयासहरुका विरुद्ध भएको र यसको तत्काल कुनैपनि ठोस निर्णय र कदम सम्बन्धीत निकायबाट भएन भने आन्दोलनको अधिवेहरी सृजना गर्न तयार भएको पनि प्रष्ट पारेका छन् ।

क्याम्पस प्रमुख कोइरालाका अनुसार यस विषयमा वडा नं.१ का वडाध्यक्ष शाहारा प्रधानसँग भेटेरै कुरा भएको र वडा नंं.११ का वडाध्यक्ष प्रेम प्रसाद कर्मचार्यसँग टेलिफोन सम्पर्क भएको र उनीहरुले आफुहरुलाई यस विषयमा त्यती जानकारी नभएको र क्याम्पसलाई असर पर्ने गरि कुनैपनि विकास आफुहरुले नचाहेको बताएको जानकारी दिनुभयो ।

यस क्याम्पको माथिल्लो तहराको लगभग ५ सय रोपनी जग्गा क्याम्पसकै नाममा दर्ता भैसकेको छ भने तल्लो तहराको लगभग २ सय २३ रोपनी जग्गा वि.सं.२०३२ सालको नापीको फिल्ड बुकमा त्रि।वि।पृथ्वी नारायण क्याम्पसको दाबी उल्लेख भई कित्ता काट भएको र उक्त जग्गा क्याम्पसको नाममा दर्ता हुने क्रममा रहेको छ ।

उक्त तल्लो तहराको जग्गा १८७७ मा रत्नाखर पराजुलीले बिर्ता पाएको जग्गा हो । सो जग्गा क्याम्पसको नाममा नै पराजुली परिवारले दिएका थिए । तर समय अनुसार जग्गाको महत्व र मूल्य दुबै कुरा बढ्दै गएपछि २०४५ सालमा पराजुलीहरुका तर्फबाट जग्गा दर्ता गरि पाउँ भनेर निवेदन परेकोमा बिर्ताबाट रैकरमा परिणत गरेको कुनै प्रमाण नभएको र सोही परिवारबाट दर्ता छुट भनि कित्ता काट गरेकोमा पछि कुनै प्रमाण नपुग्ने भन्दै अदालतको निर्णय अुनसार सो जग्गा क्याम्पसलाई भोगचलन दिने देखिएको छ ।

यस क्याम्पसले सो जग्गा भोगचलन र संरक्षण गर्दै आएको र मालपोत कार्यालय लगायत विभिन्न कार्यालयहरुमा दर्ता गरी पाउँ भन्दै पटक–पटक पत्राचार समेत गरेको क्याम्पसले जनाएको छ ।

वि.सं.२०१७ साल भाद्र १७ गते पोखरा–३, नदीपुरमा कक्षा संचालन गर्ने गरी यस क्याम्पस स्थापना भएको थियो । त्यस्तै २०१८ सालमा भने व्यक्तिगत स्रोत दर्ता नभएको हाल क्याम्पस भएको स्थानमा भवन निर्माण गरी क्याम्पस संचालन भएको थियो ।

हाल यस क्याम्पसमा विभिन्न जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन् । यस क्याम्पसमा अहिलो १५ हजार विद्यार्थीहरु विभिन्न संकायमा अध्ययनरत रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला