१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७९ फागुन ६ गते ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन (SPORTS TOURISM) प्रवद्र्धन गर्ने उद्धेश्यले फागुन ६ गते, शनिवार “१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७९” हुने भएको छ ।
नेपाल भूतपर्व खेलाडी मञ्चले आज मंगलबार पत्रकार सम्मेलन गरी “१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७९” को बारेमा जानकारी दिएको हो ।
नेपाल भुतपर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले मञ्चको उद्देश्य मुलुकको खेलकुद विकासमा सहयोग पुयाउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गराउनु रहेको बताउदै वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने CITY MARATHON को अवधारणा अनुरुप अन्तर्राष्ट्रिय म्याराथन गर्न लागेको बताए ।

पराजुलीले व्यवस्थित रुपमा संचालन गर्न २३ वटा विभिन्न उपसमिति गठन गरेको र यो वर्ष सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने समेत जानकारी गराएका थिए ।
इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिलारपुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र र छात्रा ५ किमि दौड, महिलारपुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन् भने संगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने समेत जनाए ।

यो वर्ष पुरस्कार राशीमा बढोत्तरी गर्दै पोखरा म्याराथनमा सहभागि हुने धावकहरुलाई थप आकर्षण दिने प्रयास गरेको बताउदैं खुल्ला ४२.१९५ किमि म्याराथनको प्रथम पुरस्कार ५ लाख , द्वितिय लाई ३ लाख, तृतियलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गर्ने र खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था गरेको पराजुलीले जानकारी दिए ।

तेज गुरुङ्गले यो वर्ष देखि पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स)मा दर्ता भइसकेको पनि जानकारी दिए ।

यसै गरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्रर छात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत केही वृद्धि गरीे पुरस्कार वृद्धिले पोखरा म्याराथनमा सहभागिता जनाउने खेलाडीहरुलाई थप आर्कषित गर्नुका साथै यस संस्थाको संस्थागत क्षमता समेतमा अभिवृद्धि गर्ने पराजुलीले बताए ।

तेज गुरुङ्गले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रविधि मैत्री बनाउन प्रयास गर्दै १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा चिप्सको प्रयोग गर्न लागेको खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरी खेलाडीहरुको दौडको समयलाई निश्चित बनाउने यो पहिलो प्रयासले नेपाली र विदेशी धावकहरुलाई समेत हौसला प्राप्त हुने आशा व्यक्त गर्दै यसले निर्णायकहरुलाई सहजता हुने बताए ।
चिप्सको प्रयोगमा धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष राईले गर्नेछन् ।

पराजुलीले मञ्चलेस्थापना कालदेखि आयोजना गर्दै आईरहेको Pokhara Marathon लाई विभिन्न संघ संस्था, समाजसेवी, खेलप्रेमी व्यक्तित्वहरुले प्रायोजन गर्दै आईरहेको र आगामी दिनमा नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो रहेको बताए ।

पराजुलीले पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधले वि.स.२०७२ देखि २०७७ सम्म संस्थागत रुपमै मूख्य प्रायोजन गरी प्रतियोगितालाई भव्य रुपमा सफल पार्न भूमिका खेलेको छ भने थप आगमी वि.सं २०८० सम्मका लागि यो सहकार्य जारी रहेको जानकारी दिए ।
१७ औं संस्करणको पोखरा म्याराथनको कुल खर्च ९३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला