डा. दिलिप मल्लद्वारा लिखित पुस्तक विमोचन

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
डा. दिलिप मल्लद्वारा लेखिएको दुई पुस्तक काठमाण्डौंमा विमोचन भएका छन् । पुस्तकको विमोचन कांग्रेस नेतृ डा.आरजु राणा देउवाद्धारा गरिएको थियो ।
प्रमुख अतिथि नेतृ आरजु राणा देउवाले लेखक डा.मल्लसँगको सामिप्यता बौद्धिक वा एक लेखकको रुपमा मात्रै नभएर पारिवारिक रहेको उजागर गर्दै बाग्लुङ राखुका मल्ल ठकुरीहरु आफ्ना मावली भएको र त्यसैले पनि डा.मल्ल र उहाँको परिवारसँग आफ्नो निकटता रहेको बताइन् ।

उनले पुस्तक आफुले पुरै नपढेपनि ऐतिहाँसिक र सामाजिक विषयबस्तुमा गहिरो अध्यन र अनुसन्धानात्मक तरिकाले लेखिएको दाबि गर्दै १० वर्षे सशस्त्र युद्ध हामी सबैले भोगेकै कुरा भएकोले हामी र हाम्रा परिवारमा के कस्तो मनोबैज्ञानिक असरहरु पार्यो भन्ने विषय गहनरुपमा उठाइएकोले पनि यि पुस्तकहरु पढ्नैपर्ने बताइन् ।

कार्यक्रममा शिखा बुक्सका सम्पादक पुष्पराज पौडेलले स्वागत गर्दै डा. मल्लमा लेखन शक्ति अति तिक्ष्ण भएको अनुभव बताए । उनले डा.मल्ललाई पुस्तक लेखन र प्रकाशनमा सधैं प्रेरणा दिने गरेको पनि बताए ।

साहित्यकार राजकुमार बानियाले एकैपटक सार्वजनिक गरिएका दुई पुस्तक मध्य ‘रुइसे दरबार’को समिक्षा गर्दै रुइसे दरबारमा ७ सय वर्ष पहिलेको इतिहाँस पढन् पाइने बताएका छन्। उनले पुस्तककोबारे सबै कुरा बताउन नहुने र हलुका समिक्षा स्वरुप बोल्दै पुस्तक पाठकले किनेर नै पढ्नसमेत सुझाएका थिए ।

साहित्यकार सुमन वर्षाले अर्को पुस्तक ‘सेतो धर्तीमा सप्तरङ्गी फूल’ कथा संग्रहको समिक्षा गर्दै कथा मार्फत लेखक डा.मल्लले समाजमा भएका विभिद पक्षहरुको उठान गरेको र बहु आयामिक कथाको संग्रह रहेको एउटा पढ्नैपर्ने कथासंग्रहको रुपमा प्रकाशन भएको बताइन् ।

पुस्तकका लेखक डा.मल्लले बडो मेहनतका साथ र आफुसँग समय नहुँदानहुँदै पनि लेख्ने हुटहुटिका कारण आफ्नो पिएचडीसँग सम्वन्धित विषयबस्तु पनि भएकाले यसलाई ढिलै भएपनि पुस्तकको रुपमा ल्याउन सफल भएको अनुभव सुनाएका थिए ।
डा.मल्लले आफुले सोचेको भन्दा धेरै राम्रो अर्थात भव्यरुपमा दुई पुस्तकको विमोचन गर्नपाएकोमा सबैलाई हार्दिक आभार र खुसीसमेत प्रकट गर्दै पुस्तकमाथि समिक्षा गर्ने सबै समिक्षकहरुलाई विशेष धन्यवाद दिएका थिए ।

डा.मल्लका ऐतिहासिक र सामाजिक विषयवस्तु उजागर गरेका दुबै पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।
विमोचन कार्यक्रममा कांग्रेस नेतृ डा.आरजु राणा देउवाका साथै पूर्व राजदूत प्रतिभा राणा, गृह सचिव विनोदप्रकाश सिंह, गायिका निशा देशार, शिखा बुक्सका सम्पादक पुष्पराज पौडेललगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा गायिका निशा देशारले डा.मल्लद्वारा लिखित ‘पाऊ हजुरको किन कष्ट गरिबक्स्यो’ बोलको गीत मार्फत गायिका देशारले म्युजिक अवार्ड समेत हात पारेको बताउदैं विमोचन कार्यक्रममा उक्त गीत गाएकी थिइन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला