टाइगर ग्रुप अफ पोखराको आयोजनामा तेस्रो टाइगर कप माघ ८ देखि हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
उक्त प्रतियोगिता माघ ८ देखि १४ गतेसम्म पोखरामा संचालन हुने आज प्रतियोगिताबारे जानकारी दिने उद्देश्यसहित आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

प्रतियोगितामा दुई विदेशी क्लबसहित महिला र पुरुषतर्फ गरी ५÷५ टिमको सहभागिता हुने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।
अध्यक्ष शर्माका अनुसार दुई विदेशी क्लबमा महिलातर्फ भारतिय क्लब केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउने भएका छन् ।

राउण्ड रोबिनको आधारमा संचालन हुने यस प्रतियोगितामा महिलातर्फ केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्र्मी क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।
त्यस्तै पुरुषतर्फ एसटी जोशेफ वाज स्र्पोर्टस् क्लब श्रीलंका, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने भएको छ । यस वर्ष आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जनाएको छ ।

महिला÷पुरुष दुवैतर्फ उपाधी विजेताले समान नगद रु ५ लाख, उप–विजेताले नगद रु २ लाख ५० हजार, तेस्रो हुनेले नगद रु १ लाख २५ लाख र सान्त्वना हुने नगद रु ६५ हजारसहित ट्रफि र प्रमाण–पत्र प्राप्त गर्ने भएको छ ।
यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट हुने एक÷एक जना खेलाडीले नगद समान २५ हजार प्राप्त गर्ने भएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैँया खर्च हुने आयोजकले बताएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला