पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड पोखरा आउदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा १७, पुष । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा आउन लागेका हुन् ।

प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन ।

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौँबाट यात्रुसहित उडेको पहिलो विमान ७.३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०.०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म ¥याली आयोजना गरिएको छ । ¥यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११.०० बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् ।
उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात दिउँसो २.०० बजेदेखि ४.०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

४.०० बजेदेखि ५.५ं० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६.०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिए ।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६.०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ ।
उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला