पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन, महानगरमा आईतबार सार्वजनिक बिदा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , पौष १६ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको उद्घाटनको अवसरमा पोखरा महानगरमा आईतबार भोली सार्वजनिक बिदा दिइएको छ ।
विमानस्थलको उद्घाटनलाई भव्य बनाउन र जनसहभागिता व्यापक बनाउन भन्दै पोखरा महानगरपालिकाले महानगरभित्र सार्वजनिक विदा दिएको हो ।
विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

महानगरपालिकाले शनिबार आज एक सार्वजनिक सूचना निकाल्दै विमानस्थल उद्घाटनको दिन आईतबार महानगरमा सार्वजनिक बिदा दिएको जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जारी गरेको विज्ञप्तीमा आईतबार महानगरपालिका कार्यालयसहित महाशाखा, शाखा, वडा कार्यालय तथा महानगरभित्रका विद्यालय एवम् शैक्षिक संघसंस्थासमेत बन्द रहने उल्लेख छ ।

विज्ञप्तीमा ‘पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको मिति २०७९ पुस १७ गते अर्थात तदनुसार जनवरी १, २०२३ मा हुने समुद्घाटन समारोहमा व्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यका साथ सो दिन महानगरपालिका कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय तथा अन्तर्गतका विद्यालय एवम् शैक्षिक संघसंस्थासमेत बन्द रहने व्यहोरा जानकारी गराईन्छ ।’ उल्लेख छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला