कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १३ पुस ।
नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।
पाण्डेले १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । एक मत बदर भएको छ ।

आज (बुधबार) दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकामा दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए । दुवैजनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिने भएपछि मतदानबाटै नेता छानिएका हुन् ।

दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२)बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।
पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा डा. टकराज गुरुङ थिए । अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए ।
गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ ।

गठबन्धन बिग्रिए पछि केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला