विश्वकप २०२२: मेस्सीलाई गोल्डन बल, एम्बाप्पेलाई गोल्डनबुट, मार्टिनेजलाई गोल्डन ग्लभ्स, उत्कृष्ट युवा खेलाडी फर्नान्डेज

नगेन न्यूज
  • ख-
  • ख+

विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ता फ्रान्सका किलियन एम्बाप्पे बनेका छन्। जारी विश्वकपमा ८ गोल गरेका एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डनबुट जितेका हुन्। उनले अस्ट्रेलियाविरुद्ध १, डेनमार्कविरुद्ध २, पोल्याण्ड विरुद्ध २ र अर्जेन्टिनाविरुद्ध ३ गोल गरेका थिए।

त्यस्तै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेके लियोनल मेस्सी उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जिते।

उत्कृष्ट गोलकिपर पनि अर्जेन्टिनाकै इमिलिआनो मार्टिनेज बने।

उत्कृष्ट युवा खेलाडी पनि अर्जेन्टिनाकै इन्जो फर्नान्डेज घोषित भए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला