डेभिजफल्स ड्राइभिङ स्कुलद्धारा नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य बराललाई बधाइ तथा सम्मान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २८ मंसिर ।
डेभिज फल्स ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ ख बाट बिजयी प्रकाश बराललाई बधाइ तथा सम्मान गरेको छ । ड्राइभिङ स्कुलका सल्लाहकार समेत रहेका बराललाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नन्द प्रसाद आचार्य, ड्राइभिङका कानुनी सल्लाहकार खगराज आचार्ज, ड्राइभिङ स्कुलका अध्यक्ष तुल बहादुर ठकुरी लगायतले अबिर, खादा र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथि नन्द प्रसाद आचार्यले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको बिकास निर्माणमा अगाडि बढ्न नव निर्वाचित सांसद बराललाई आग्रह गरे ।
त्यस्तै सम्मानित ब्याक्तित्व कास्की क्षेत्र नम्बर ३ ख का बिजयी सांसद प्रकाश बरालले आफुहरु प्रदेशको निती निर्माणको तहमा पुगेपनि निति निर्माण संगै आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासको पक्षमा लाग्ने बताए । आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपलिकाको वडा नम्बर ५ देखि कास्कीको माछापुच्छ«े हिमालको फेदी सम्म पर्ने भएकाले निर्वाचनका बेला जनताको घरमा पुगेर दिएको आश्वसनलाई ब्यवहारमा लागु गर्ने र अहिले निर्वाचित भएर बधाइ थाप्ने र अवको पांच बर्ष जनताले सम्मान गर्ने गरी काम गर्ने बताए ।

अहिले गाउका दुर दराजमा सडक, खानेपानी जस्ता बिकासका कामहरु भइरहेको भएतापनि अझैपनि नितिगत रुपमा समग्र क्षेत्रको बिकास हुन नसक्दा जनताले जहा तही समस्या झेल्नुपरेको आफुले नजिकबाट नियालेका आगामी ५ वर्षमा नितिगत रुपमै जनताले सुख अनुभुति हुने गरी काम गरेर देखाउने उनको भनाइ रहेको थियो । कानुनी सल्लाहकार खगराज आचार्यले जनताको सामु गरेका बाचालाई पुरा गर्ने गरी र राजनैतिक स्वार्थभन्दा माथी रहेर कास्की क्षेत्र नम्बर ३ को जनताको पक्षमा काम गर्न आग्रह गरे ।


सो अवसरमा वोल्दै डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुल बहादुर ठकुरीले नव निर्वाचित प्रदेश सभा सदस्य प्रकाश वरालको उज्जवल भविष्यको कामना गर्दै जनताको सुख दुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह गरे ।
ड्राइभिङ स्कुलका सचिव दिपेन्द्र बहादुर आचार्यले सञ्चालन गरेको कार्यक्रममा तीर्थराज आचार्यले स्वागत मन्तब्य राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला