विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

नगेन न्यूज
  • ख-
  • ख+

मंसिर २३, पोखरा ।
दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने ८ राष्ट्रहरुमा ब्राजिल ५ पटकको विश्व विजेता हो भने अर्जेन्टिना २ पटकको विजेता हो ।

त्यसैगरी, साविक विजेता फ्रान्स पनि २ पटकको विश्व च्याम्पियन बनिसकेको छ भने इंग्ल्याण्ड १ पटकको विश्व च्याम्पियन हो ।
त्यसैगरी, अफ्रिकाबाट चौथो राष्ट्रको रुपमा विश्वकपमा सहभागि जनाएको मोरक्कोको यो छैटौं क्वाटरफाइनल यात्रा हो ।

फिफा विश्वकप २०२२ को पहिलो क्वाटरफाइनलको खेलमा आज (शुक्रबार) ५ पटकको विश्वविजेता ब्राजिलले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल बेलुकी ८.४५ बजे अल रायन रंगशालामा खेलिंदैछ ।

त्यसैगरी, दोस्रो क्वाटरफाइनल खेल २ पटकको विश्वविजेता अर्जेन्टिना र विश्वकप उपाधीको खोजीमा रहेको नेदरल्याण्ड्सबीच हुँदैछ । यो खेल कतारको लुसाइल आइकोनिक रंगशालामा मध्यराती १२.४५ बजेबाट सुरु हुँदैछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला