किम्फ आजदेखि विशेष वक्ता बलिउड निर्देशक प्रकाश झा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २० औं संस्करण आज बिहीबारदेखि राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु हुँदैछ ।

कमलकुमार निर्देशित फिल्म ‘बाघको बङ्गारा’ प्रिमियरसँगै किम्फ सुरु हुनेछ । विशेष वक्ताको रुपमा बलिउड अभिनेता तथा निर्देशक प्रकाश झा बुधबार काठमाडौं आइपुगेका हुन् ।

झा अभिनित फिल्म ‘मटटोकी साइकिल’को आज बेलुका विशेष स्क्रिनिङ हुँदैछ । काठमाडौं आइपुगेका झाले बुधबार बेलुका चलचित्रकर्मीसँग भेटघाट गरे थिए । आफू अभिनित उक्त फिल्मको स्क्रिनिङपछि झाले फिल्मबारे दर्शकसँग अन्तक्रिया गर्ने र भनाइ राख्ने भएका छन् ।
यस संस्करणको किम्फमा ३० देशका ६० फिल्म प्रदर्शन हुने भएका छन् ।

‘दिगो आरोहण’ नारासहित आयोजना हुने किम्फमा भाग लिन दुई दर्जन अन्तर्राष्ट्रिय फिल्म निर्माता काठमाडौं आइपुगेका छन् । यसपटक भौतिक रुपमै कार्यक्रम आयोजना गरिएकाले माहोल उत्साहजनक हुने आशा हिमाल एसोसिएसनले लिएको छ ।

फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाइ फ्रम एभरेष्ट’सँगै हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ ।
त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ ।

फिल्मकर्मी, दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछन् ।

किम्फ २०२२ को जुरीमा जर्मन लेखक, निर्माता तथा निर्देशक माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक, निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला