लेखक संघद्धारा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्ले आजीवन सदस्यका लागि नाम सिफारिस प्रति आपत्ति

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेपाली लेखक संघले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्ले आजीवन सदस्यका लागि नाम सिफारिस गरेको प्रति आपत्ति जनाएको छ । कुलपति र सदस्य सचिवको कार्यकाल सकिएर निमित्तको भरमा चलेको परिषद्ले यस्तो कार्य गर्न नसक्ने संघको ठहर छ ।

संघका अध्यक्ष तीर्थ श्रेष्ठ र महासचिव सोझो गाउँलेद्वारा बुधबार आज जारी विज्ञप्तिमा कामचलाउ परिषद्ले राज्यकोषबाट कसैलाई आजीवन तलब सुविधा उपलब्ध गराउने खालको निर्णय गर्नु खेदजनक भएको उल्लेख छ ।

‘आफू अनुकूल कार्यविधि संशोधन गरी आफैंले गठन गरेको समितिद्वारा आफ्नै नाम सिफारिस गर्न लगाई कुलपतिबाट निवर्तमान भएको दुई महिना नबित्दै आजीवन सदस्य बन्नका लागि गरेको यस्तो जालसाजीपूर्ण हर्कतले प्राज्ञिक संस्थाको मर्यादालाई धुलीसात बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

गत साउन ३० गते नै अन्तिम भनेर प्राज्ञसभा बोलाइएको भन्दै अमूक व्यक्तिको निहित स्वार्थ पूरा गर्नका लागि फेरि मंसिर २५ गते प्राज्ञसभा बोलाउनु आपत्तिजनक भएको बताएको छ । उक्त प्राज्ञसभा तत्काल स्थगित गर्नुपर्ने संघको माग छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला