अमेरिकी संस्करणको ‘द भ्वाइस’बाट परिजिता बाँस्तोला बाहिरिइन्

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला बाहिरिएकी छन् । गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरेकी परिजिता सेमिफाइनलबाट आउट भएकी हुन् ।

सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।
परिजिताले आकर्षक गीत गाइन् पनि तर, कम भोटको आधारमा उनी बाहिरिनुर्पयो । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँच अर्थात पाँचमा प्रवेश गरे । यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् ।

परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए ।
कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरेकी परिजिताको गायकीको प्रशंसा भएको थियो ।
द भ्वाइसको फिनाले नेपाली क्यालेन्डरअनुसार मंसिर २६ र २७ गते हुँदैछ । दुई एपिसोडमा फिनाले प्रसारणको तयारी छ ।
शोबाट ८ जना मध्ये ४ जना बाहिरिएका छन् । परिजिताले गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएपछि उनको थप चर्चा चुलिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला