यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
साविक च्याम्पियन लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ ।
टियू क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि हात पारेको हो ।
७ मंसिरमा शुरु भएको प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्दा उपविजेता लुम्बिनीले १ लाख नगद हात पा¥यो ।
एकदिवसीय क्रिकेटमा टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनी प्रदेश खराब प्रदर्शनको शिकार हुँदा ९३ रनमा नै समेटियो ।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका मिलन बोहोराले ५ विकेट लिए । जवाफमा उक्त लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ३९ रनको अविजित इनिङ खेल्दा दिपक बोहोराले २५ रन बनाएका थिए। अनुराग सिंह २२ रनमा आउट भए ।

लुम्बिनीका लागि रमेश कुर्मीले २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १÷१ विकेट हात पारेका थिए ।

त्यसअघि टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले खराब प्रदर्शन गरेको थियो। उसका लागि आकाश त्रिपाठीले ३८ रन बनाउनु सर्वाधिक रह्यो ।

खराब ब्याटिङ गरेको लुम्बिनी २९ ओभर १ बलमा अलआउट हुँदै ९२ रनमा नै सीमित भएको थियो । आकाश बाहेक अन्यको प्रदर्शन निराशाजनक रह्यो । नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल रहे ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनल पुगेको थियो। लुम्बिनी र सुदूरपश्चिमबीच गत संस्करणमा भएको फाइनल भने लुम्बिनीले १ सय १३ रनले जितेको थियो।

जारी संस्करणमा भने सुदूरपश्चिमले शतप्रतिशत नतिजा निकाल्दै उपाधि चुम्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला