
दमौलीः व्यास नगरपालिकाको मेयरमा पुनः लड्ने शंकेतका साथ नगर प्रमुख वैकुण्ठ न्यौपाने तथा उप प्रमुख मीरा जोशीले पदबाट राजीनामा घोषणा गरेका छन् ।
उपप्रमुख मीरा जोशीसमक्ष राजीनामा दिएका न्यौपाने र जोशीसँगै आकांक्षीहरुको नाम प्रदेश समितिमा सिफारिस भएको छ ।
उता, उपप्रमुख जोशीले भने प्रमुख न्यौपानेसमक्ष राजीनामा बुझाएकी छन् । दुवैले राजीनामा दिएसँगै अब उनीहरुको ठाउँमा कार्यवाहकका रुपमा व्यास १३ का वडाध्यक्ष लेखबहादुर रानाले नयाँ प्रतिनिधि नआउँदासम्मका लागि कार्यभार सम्हाल्नेछन् ।
तर, यो समाचार तयार पार्दासम्म कांग्रेसले उम्मेदवारको नाम औपचारिक रुपमा टुंगो लगाउन सकेको छैन ।