नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियानमा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् ।

शर्माले महामन्त्री गगनकुमार थापालाई उनकै घरमा गएर बधाई दिँदै प्रधानमन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् ।
झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सीधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गर्दै थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको जनाउदैं प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।

महामन्त्री थापा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा चयन भएका छन् ।
उनले महामन्त्री थापा पटक–पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेकाले देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने गरी अगाडि बढ्न सक्षम रहेको बताए ।

आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको बरु प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको शर्माले बताए ।
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताउदैं गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए ।
शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैं प्रस्तावक बनेर भए पनि अगाडी बढाउने बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला